रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुममा मंगलवार बिहान बोलेरो पिकअप गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते रामेछाप जिल्ला दोरम्बा गाउँपालिका–३ का ४० वर्षीय गोपिलाल पहरी र वडा नम्बर २ का २५ वर्षीया संगीता पहरीको उपचारका क्रममा मुत्यु भएको प्रहरीले जनाएको छ ।
गोपिलालको शिर मेमोरियल अस्पताल बनेपा र संगीताको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए ।
रउनका अनुसार २७ जना घाइतेमध्ये बनेपास्थित शिर मेमोरियल अस्पतालमा ५ जना र बाँकीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।