अमेरिका, इटाली तथा स्पेनमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भयावह स्थिति बनेको छ ।
अहिलेसम्म अमेरिकामा संक्रमितको संख्या १ लाख ६३ हजार ४ सय ७९ पुगिसकेको छ । यस्तै अहिलेसम्म ३ हजार १ सय ६३ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ ।
गएको एक दिनमा अमेरिकामा थप १९ हजार ९ सय ८८ नयाँ संक्रमित भेटिएका छन् भने ५ सय ६५ जनाको मृत्यु भएको छ ।
इटालीमा पनि संक्रमितको संख्याले १ लाख नाघेको छ । २४ घण्टामा इटालीमा ८ सय १२ जनाले मृत्यु वरण गरेका छन् । कुल मृतकको संख्या यो संगै ११ हजार ५ सय ९१ पुगेको छ । इटालीमा ४ हजार ५० जना नयाँ बिरामी थपिएका छन् ।
त्यस्तै स्पेनमा ५ सय ३७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। स्पेनमा ५ हजार ८५ जना नयाँ संक्रमित थपिएका छन्। त्यस्तै स्पेनमा ६१ हजार ७५ जना संक्रमित छन्। जसमध्ये ५ हजार २ सय ३१ जना गम्भीर छन्। त्यस्तै १६ हजार ७ सय ८० जनाको उपचार भइसकेको छ। कोरोनाले स्पेनमा हालसम्म ७ हजार ७ सय १६ जनाले ज्यान गुमाइसकेका छन्।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।