विश्वव्यापी महामारीको रूप धारण गरेको कोरोनाभाइरस ९कोभिड १९० को आशंकामा नेपालमा ९ सय ९३ जनाको परीक्षण गरीएको छ, त्यसमध्ये ५ जनामा पोजेटिभ रिपोर्ट देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मंगलवारसम्म गरिएका परीक्षणमा ९ सय ८८ जनामा संक्रमण नदेखिएको मन्त्रालयले जनाएको छ ।
पाँच जनामा पोजेटिभ रिपोर्ट देखिएकामध्ये एक जनालाई निको भइसकेको छ भने ४ जनालाई आइसोलेसनमा राखिएको मन्त्रालयले वेबसाइटमा राखेको विवरणमा उल्लेख छ ।
सरकारले कोरोना संक्रमितको आशंका लागेका बिरामीको स्वास्थ्य परीक्षणको दायरा फराकिलो बनाएको जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।