काठमाडौं ।
सरकारले गभर्नर सिफारिस गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।
केही दिनअघिको मन्त्रिपरिषद् बैठकले गभर्नरको नाम सिफारिस गर्न अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको हो ।
समिति सदस्यमा पूर्वगभर्नर विजयनाथ भट्टराई र पूर्वअर्थसचिव कृष्णहरि बाँस्कोटा सदस्य रहेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
समितिले तीनजनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्छ र तीमध्ये एकजनालाई मन्त्रिपरिषद्ले गभर्नर नियुक्त गर्ने प्रावधान रहेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।