काठमाडौँ ।
बूढानीलकण्ठ नगरपालिकाका एक व्यक्तिलाई कोरना भाइरस लागेको आशंका गरिएको छ । चैत्र ५ गते दुबईबाट आएका बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ८ सुन्दबस्ती निवासी एकजना व्यक्तिलाइ ज्वरो, खोकी देखिएकोले शुक्रराज ट्रपिकल हस्पिटल भर्ना गरिएको जनाइएको छ । ३४ वर्षका उक्त व्यक्तिमा कोरोना भाइरस आशंका भएपछी हस्पिटलले आइसोलेसनमा भर्ना गरेको हो ।
यस्तै बूढानीलकण्ठ नगरपालिकामा विदेशबाट फर्किएका ६७ जनाको पहिचान गरिएको छ । पछिलो १४ दिनमा विदेशबाट फर्किएकाहरुको संख्या भने ४८ रहेको छ ।
विदेशबाट आउनेहरुमा पोर्चुगलबाट आएका तिन जना , अस्ट्रेलियाबाट तीनजना, दुबईबाट १० जना, बङ्गलादेशबाट ३ जना, कतारबाट दुई जना, दक्षिण कोरियाबाट १५ जना रहेका छन् ।
मलेसियाबाट २ जना, संयुक्त राष्ट्र अमेरिका बाट १ जना, ओमनबाट २ जना, जापानबाट, २ जना, भारत बाट २ जना, नर्वेबाट १ जना, फिलिपिन्सबाट १ जना, ग्रिसबाट एक जना तथा फ्रान्सबाट एक जना रहेका छन् । नगरपालिकाले विदेशबाट आएकाहरुको जानकारी उपलब्ध गराउन नगरवासीहरुलाई अनुरोध गरेको छ ।