शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

सरकारलाई देउवाको प्रश्नः आफ्नो देश आउन पनि नारा जुलुस गर्नुपर्ने ?


  • सोमबार, चैत्र १७ २०७६
16.1K
SHARES

फाइल तस्विर

काठमाडौँ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो देशमा आउनसमेत नारा जुलुस गर्नु परेको अवस्थाप्रति सरकारको जवाफ मागेका छन्। भारतबाट नेपाल फर्कन लागेका सैयौं नेपाली सीमामा रोकिएर नाराबाजी गरेपछि उनले सरकारको ध्यानाकर्षण गराएका हुन्।

दार्चुलासँग सीमा जोडिएको धार्चुलामा भारतबाट आएका नेपालीले आफ्नै देशमा प्रवेश नपाएपछि नाराबाजीमा उत्रेका छन्। देउवाको सरकारलाई प्रश्न छ, आफ्नो देशमा आउन पनि नारा जुलुस गर्नुपर्ने यो के हो ?

देउवाले दार्चुला सदरमुकामपारि भारतको धार्चुलामा रहेका नेपाल आउन नपाएकाहरुलाई नेपाल फर्काउन आग्रह गरेका छन्। उनले ट्विट लेख्दै नेपालीहरुलाई आवश्यक प्रक्रिया पूरा गरेर तत्काल नेपाल आउने वातावरण बनाउन आग्रह गरेका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा