अहिले कोरोना भाइरसको प्रकोपले पूरै विश्व आक्रान्त छ भने नेपालमा पनि दुई साता लामो लकडाउन छ । यस्तो वेला सारा उद्योगधन्दा ठप्प छन् ।
अत्यावश्यक बाहेकका सेवा बन्द गर्न सरकारले निर्देशन दिएको छ । तर सहकारी विभागले भने देशैभरिका सहकारीहरु सुचारु राख्न निर्देशन दिएको छ ।
यतिवेला केही दिन सहकारी बन्द गरेमा पनि केही फरक नपर्ने जानकारहरु बताउँछन् । तर सहकारी विभागले सहकारी नचलाए देश नै नचल्नेजस्तो गरी निर्देशन जारी गरेको छ ।
सहकारीका कर्मचारीलाई पनि सुरक्षा चाहिन्छ भन्ने कुरा बेवास्ता गर्दै विभागले सेवा प्रभावकारी रुपमा चालु राख्न र सबै खाताहरु सञ्चालनमा राख्न परिपत्र जारी गरेको छ । यसको आलोचना समेत भइरहेको छ ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।