शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

कोरोना भाइरस: ७ लाख २३ हजार भन्दा बढी संक्रमित, ३४ हजारको मृत्यु


  • सोमबार, चैत्र १७ २०७६
15.7K
SHARES

फाइल तस्विर

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण विश्वभर सात लाख २३ हजार भन्दा बढीमा मानिसमा भएको छ ।

पछिल्ला केही दिनयता अमेरिका तथा युरोप ‘हटस्पट’ बनेपछि संक्रमित तथा ज्यान गुमाउनेको संख्या अत्याधिक बढेको छ ।

अहिलेसम्म कोभिड – १९ पुष्टि भएकाको संख्या विश्वभर सात लाख २१ हजार ५६२ पुगेको छ । यस्तै कोभिड – १९ का कारण ज्यान गुमाउनेको संख्या ३४ हजार पाच जना रहेको छ । अहिलेसम्म एक लाख ५१ हजार ९९१ जनामा संक्रमण निको भएको छ ।

यस्तै ७० देखि ७९ वर्षका व्यक्तिमा यसको मृत्युदर ८ प्रतिशत रहेको छ । कम उमेरका व्यक्तिमा मृत्युदर अति कम देखिएको भए पनि जोखिम उच्च बन्दै गएको विज्ञले बताउन थालेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा