शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

क्रिकेट नखेल्न आग्रह गर्दा प्रहरीमाथि कुटपिट


  • आइतबार, चैत्र १६ २०७६
9.8K
SHARES

बारा । बारामा लकडाउन उल्लंघन गर्ने एक समूहले प्रहरीमाथि कुटपिट गरेको छ । बाराको परवानीपुर गाउँपालिका-५ गण्डक चोकमा क्रिकेट खेलिरहेका ८/९ जनाको समूहलाई सम्झाउने क्रममा प्रहरीमाथि कुटपिट भएको हो ।

प्रहरीका अनुसार लकडाउनको समयमा क्रिकेट नखेल्न सम्झाउँदा परवानीपुर गाउँपालिका ५ नौतन बहुअरीका २७ वर्षीय गणेशकुमार साहले प्रहरीलाई क्रिकेटको ब्याटले हिर्काएका थिए ।

ब्‍याटले लागेर एक प्रहरी हवल्दार घाइते भएका छन् । साहलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको  छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा