शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

बिरालोमा पनि भेटियो कोरोना


  • आइतबार, चैत्र १६ २०७६
15.3K
SHARES

1166249963

एजेन्सी – विरालोमा पनि कोरोनाभाइरस (कोभिड – १९) को संक्रमण देखिएको छ । बेल्जियममा कोरोनाभाइरस संक्रमित आफ्नो मालिकबाट बिरालो पनि संक्रमित भएको अधिकारीहरुले पुष्टि गरेका छन ।

बेल्जियमको लिज भन्ने ठाउँमा आफ्नो मालिक कोभिड–१९ बाट संक्रमित भएको एक हप्तापछि बिरालोमा पनि यसको लक्षणहरु देखिएको ब्रसेल्समा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य अधिकारीहरुले जानकारी दिए ।

बिरालोमा कोभिड–१९ को संक्रमण भएको यो पहिलो घटना हो । यसअघि हङकङमा दुईवटा कुकुरमा कोभिड–१९ को संक्रमण देखिएको थियो ।

‘बिरालोमा झाडापखाला, वान्ता र श्वास प्रश्वासको समस्या देखिएको थियो । अध्ययनकर्ताले बिरोलोको दिसामा कोभिड–१९ को भाइरस फेला परेका थिए,’ प्राध्यापक स्टेभन भान गाउचले भने । बिरालो र उनका मालिकको स्वास्थ्य अवस्थाबारे थप जानकारी दिइएन ।

उता, विश्व स्वास्थ्य संगठनले भने कुकुर र बिरालो जस्ता घर पालुवा जनावरले कोभिड–१९ को भाइरस सारेको हालसम्म कुनै प्रमाण फेला नपरेको स्पष्ट पारेको छ । भान गाउचले पनि बिरालोले मानिसलाई संक्रमण गरेको भन्दा पनि मानिसले बिरालोलाई संक्रमति गरेको बताए ।

‘यो एउटा पृथक घटना हो,’ उनले बेल्जियन पत्रिकासँग कुरा गर्दै भने, ‘जनावरबाट मानिसमा कोभिड–१९ सर्ने सम्भावना निकै न्यून छ ।’बेल्जियमको नेसनल काउन्सिल फर एनिमल प्रोटेक्सनले पनि जनावारबाट कोभिड–१९ को जोखिम नरहेको बताएको छ ।

बेल्जियममा यस भाइरसबाट ९ हजार बढी संक्रमित भएका छन् भने ३ सय ५० भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा