विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट फ्रान्सका पूर्वउद्योग मन्त्री पाथ्रिक देभेंजको मृत्यु भएको छ ।
उनको आइतबार पेरिसको जर्ज पम्पिदु अस्पतालमा मृत्यु भएको हो । कोरोना भाइरसको संक्रमण भएको आशंकामा उनलाई गत बुधबार अस्पताल भर्ना गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनले आफ्नो स्वास्थ्यमा सुधार आएको भन्दै शुक्रबार ट्वीटसमेत गरेका थिए ।
७५ वर्षीय देभेंज सन् २००८ को डिसेम्बर ५ देखि २०१० को नोभेम्बर १३ सम्म मन्त्री बनेका थिए । काेराेना भाइरसकाे संक्रमणबाट फ्रान्समा हालसम्म २ हजार ३ सय १४ जनाले ज्यान गुमाएका छन् भने ३७ हजार ५ सयभन्दा बढी संक्रमित बनेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।