शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

चिनियाँ भाषामा सम्बोधन गर्दै राष्ट्रपति सीलाई नेकपा अध्यक्ष दाहालले लेखेको पत्रमा के छ (पत्रसहित)


  • आइतबार, चैत्र १६ २०७६
9.7K
SHARES

काठमाडौं।
नेकपा अध्यक्ष पुष्पकमल दाहालले चीनका राष्ट्रपति सी चीनफिङलाई एक पत्र लेख्दै नेपाललाई सहयोग गर्न अनुरोध गरेका छन्।

२६ मार्चमा लेखेको पत्रमा अध्यक्ष दाहालले नेपाल अहिले कोभिड(१९ सँग जुधिरहेको उल्लेख गरेका छन्। यो रोगविरूद्धको लडाईंमा सफल भएको भन्दै राष्ट्रपति सीलाई बधाई दिएका दाहालले यो लडाईंका लागि नेपालले विशेष रूपले तयारी गरिनसकेको उल्लेख गरेका छन्।

शुरूमै चिनियाँ भाषाको ‘निन हाउ’ बाट सम्बोधन गरेका दाहालले चिनियाँ सहयोगप्रति नेपाली जनता र नेपाल कम्युनिष्ट पार्टीले हृदयदेखि धन्यवाद दिने पनि पत्रमा लेखेका छन्।

चीनमा कोरोना भाइरसको उच्च प्रभाव सकिएर जनजीवन सामान्य हुँदै गएको मिडियाबाट थाहा पाउँदा आफूलाई खुशी लागेको पनि दाहालले लेखेका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा