रामेछाप ।
रामेछाप जिल्लामा क्वारेन्टाइनमा बस्नेको संख्या ५४ पुगेको छ । शनिबार साँझसम्म भारतलगायत विभिन्न देशबाट फर्किएका ५४ जनालाई क्वारेन्टाइनमा राखिएको हो ।
गोकुलगंगा गाउँपालिकामा सात, दोरम्बा गाउँपालिकामा १०, मन्थली नगरपालिकामा ६, रामेछाप नगरपालिकामा १७, खाँडादेवी गाउँपालिकामा १० र लिखुतामाकोशी गाउँपालिकामा चार जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्रकुमार कर्णले जानकारी दिए ।
महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि रामेछाप जिल्लाका आठ वटै स्थानीय तहले आइसोलेसन केन्द्र र सामुदायिक क्वारेन्टाइन स्थल स्थापना गरेका छन् । जिल्लामा आवश्यक पर्दा चिकित्सक गएर उपचार गर्न सक्ने ४५ वटा आइसोलेसन कक्ष र एक सय ६७ जना अट्ने क्वारेन्टाइनस्थल स्थापना भएका छन् ।
हालसम्म मन्थली नगरपालिकामा २२ वटा, रामेछाप नगरपालिकामा चार वटा, दोरम्बा गाउँपालिकामा ७ वटा र सुनापति गाउँपालिकामा छ वटा आइसोलेसन सेन्टर स्थापना गरिएको कर्णले जानकारी दिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।