अस्ट्रेलिया ।
अस्ट्रेलियामा ६ जना नेपालीमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको छ। सिडनीमा चार जना विद्यार्थी र मेलबर्नमा दुई जना गरि जम्मा ६ जनामा कोरोनाको संक्रमण देखिएको हो ।
सिड्नीको ग्रानभिलको अपार्टमेन्टमा बस्ने तीन नेपाली विद्यार्थी र एक जना नर्सिङ होममा काम गर्ने साहयक नर्समा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।
एनआरएनए उपाध्यक्ष तथा एनएसडब्लु संयोजक देब गुरुङका अनुसार उनीहरू हाल आइसोलेसनमा रहेका छन्। एक जना नेपाली युवतीमा कोरोना देखिएपछि सँगै बस्ने अन्य दुई जनालाई पनि परीक्षण गर्दा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको बताए ।
ग्रान्भिल क्षेत्र नेपालीहरूको बाक्लो बस्ती रहेको एरिया हो । त्यसै गरि एनआरएनए अस्ट्रेलियाका अध्यक्ष केशव कंडेलका अनुसार मेलबर्नमा पनि एकै परिवारका तिनजनाको कोरोना परिक्षण गर्दा दुई जनामा कोरोना पुष्टि भएको छ भने एक जनाको रोपोर्ट अझै आउन बाकी छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।