शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

गर्भवतीको हवाई उद्धार गरी काठमाडौँ ल्याइयो


  • शनिबार, चैत्र १५ २०७६
14.5K
SHARES

ue{jtL dlxnfsf] xjfO{ p4f/ u/L sf7df8f}+ NofOof] sf7df8f}F, !% r}t -/f;;_ M vf]6fªsL Ps ue{jtL dlxnfsf] cToflws /Qm>fj ePkl5 xjfO{ p4f/ u/L pkrf/sf nflu sf7df8f}+ NofOPsf] 5 . vf]6fª P];]n''vs{ ufpFkflnsf–# sL @@ jifL{of ;[hgf tfdfªsf] cToflws /Qm>fjsf sf/0f :jf:Yo cj:yf gfh's x'Fb} uPkl5 cfh} g]kfnL ;]gfsf] x]lnsK6/af6 p4f/ u/L sf7df8f}+ NofOPsf] xf] . ns8fpgsf ePsf sf/0f oftfoft grn]sf] cj:yfdf tL dlxnfsf] dlxnf afnaflnsf tyf Ho]i7 gful/sdGqL kfj{t u'?ªsf] lgb]{zgdf pkrf/sf nflu tTsfn sf7df8f+} yfkfynLl:yt k/f]ksf/ k|;"lt tyf :qL/f]u c:ktfndf pkrf/ eO/x]sf] 5 . kfFr dlxgfsL ue{jtL tfdfªnfO{ z'qmaf/ ;fFemb]lv /Qm>fj ePsf] lyof] . t:jL/ M ;f}hGo M dlxnf afnaflnsf tyf Ho]i7 gful/sdGqL dGqLHo"sf] ;lrjfno÷/f;;

खोटाङ ।
खोटाङकी एक गर्भवतीको अत्याधिक रक्तश्राव भएपछि हवाई उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएको छ ।
खोटाङ ऐसेलुुखर्क गाउँपालिका–३ की २२ वर्षीया सृजना तामाङको अत्याधिक रक्तश्रावका कारण स्वास्थ्य अवस्था कमजोर भएपछि आजै नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी काठमाडौँ ल्याइएको हो ।
लकडाउन भएका कारण यातायात नचलेको अवस्थामा ती महिलाको महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङको निर्देशनमा उपचारका लागि तत्काल काठमाडौँ थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा उपचार भइरहेको छ ।

पाँच महिनाकी गर्भवती तामाङलाई शुक्रबार साँझदेखि रक्तश्राव भएको थियो । आज बिहानै ऐसेलुखर्कस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएकी उहाँको उपचार त्यहाँ सम्भव नहुने देखेपछि चिकित्सकको सुझावमा गर्भमा रहेको शिशु र आमा दुवैको जीवन रक्षाका लागि काठमाडौँ सिफारिस गर्नुपरेको केन्द्रकी अहेव निर्मला शर्माले जानकारी दिइन् ।
शुक्रबार बेलुका देखिनै अत्याधिक रक्तश्राव भएको र स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रले त्यहाँ उपचार गर्न नसकेपछि हेलिकप्टरबाट काठमाडौँमा उपचार शुरु गरिएको तामाङका पति गणेश तामाङले बताए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा