शनिबार, साउन ९ २०८३
ताजा अपडेट

प्रम ओली अस्पताल भर्ना


  • बुधबार, फाल्गुन २२ २०७५
29.7K
SHARES

२२ फागुन, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा भर्ना भएका छन् ।

मुटुको परीक्षणका लागि बुधबार विहान १० बजे महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गएका प्रधानमन्त्री ओली भर्ना भएका उनको सचिवालयले जनाएको छ ।

सेन्टरका कार्यकारी निर्देशक प्रा। डा। उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्रीलाई अब्जरभेसनमा राखिएको जानकारी दिए । प्रधानमन्त्रीको केही थप परीक्षण गर्नु उपयुक्त देखिएकाले अब्जरभेसनमा राखिएको उनले बुधबार दिउँसो १ः१५ बजे विज्ञप्तिमार्फत जनाएका छन् ।

प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण प्रा. डा. अरुण सायमी संयोजकत्वमा भइरहेको छ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा