शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

‘लकडाउन’ पुनः ७ दिन थप्ने सरकारको तयारी


  • शनिबार, चैत्र १५ २०७६
21.5K
SHARES

तस्विरः फाइल

सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन पुनः ७ दिन लकडाउन थप गर्ने गृहकार्य थालेको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको उच्चस्तरीय समितिले ‘लकडाउन’ थप गर्ने गृहकार्य थालेको जनाइएको छ । ‘लकडाउन’ बढ्नसक्ने भन्दै ७७ वटै जिल्लाका सुरक्षा निकायका प्रमुख र प्रमुख जिल्ला अधिकारीहरूलाई आवश्यक तयारी गर्न सरकारले निर्देशन समेत दिएको छ ।

काठमाडौ उपत्यकाबाट गाउँ फर्कन चाहनेका लागि सरकारले सम्बन्धित स्थानीय तहसँगको परामर्शमा सम्बन्धित ठाउँसम्म पुर्‍याउने तयारी समेत थालेको स्रोतले जानकारी दिएको छ ।

स्वास्थ मन्त्रालय र अस्पतालहरूले दिएको सुझावको आधारमा थप रणनीति बनाउने सरकारको तयारी छ । कोरोना नियन्त्रणका लागि ‘लकडाउन’ नै प्रभावकारी उपाय भएको सरकारको निष्कर्ष छ ।

सामाजिक दूरी कायम नगरेसम्म उपचार र अन्य सतर्कताले मात्र काम नहुने भन्दै थप १ साता ‘लकडाउन’ थप्ने तयारी थालिएको हो । सोमबारसम्म ‘लकडाउन’ थप गर्ने औपचारिक निर्णय हुने छ ।

‘लकडाउन’ थप भएसँगै अत्यावश्यक खाद्य सामाग्रीको ढुवानीलाई कसरी सुचारु गर्ने भन्ने सम्बन्धमा गृहकार्य भै रहेको जनाइएको छ । खासगरी हवाई र स्थलमार्ग हुँदै नेपाल छिरेका मानिसको अन्तिम स्वास्थ जाँच रिपोर्ट नआएसम्म ‘लकडाउन’ निरन्तर कायम रहने सम्भावना रहेको बताइन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा