चिनकाे बुहानबाट सुरु भएकाे काेराेना भाइरसले विश्वभरमा छ लाख संक्रमित नाघेको छ । शनिबारकाे पछिल्लो तथ्यांक अनुसार मृतकको संख्या झण्डै साँढे २७ हजार पुगेको छ । विश्वका सबैजसो देशमा कोरोना भाइरसको संक्रमण भइसकेको छ । कुल ६ लाख १ हजार ९ सय ६७ संक्रमित भइसकेकामा १ लाख ३३ हजार ५ सय १९ उपचार भई घर फर्किएका छन् । मृतकको संख्या २७ हजार ४ सय ५६ पुगेको छ ।
सबैभन्दा बढी संक्रमित अमेरिकामा देखिएका छन् । त्यहाँ संक्रमित संख्या १०४२५६ पुगेको छ । त्यसपछि इटालीमा ८६४९८ र चीनमा ८१३९४ पुगेको छ । सबैभन्दा बढी इटालीमा ९१३४ र स्पेनमा ५१३८ पुगेको तथ्यांक छ ।
देश संक्रमित
अमेरिका १०४२५६
इटाली ८६४९८
चीन ८१३९४
स्पेन ६५७१९
जर्मनी ५३३४०
फ्रान्स ३२९६४
इरान ३२३३२
बेलायत १४५४३
स्वीटजरल्यान्ड १३१३८
दक्षिण कोरिया ९४७८
नेदरल्यान्ड ८६०३
स्रोतः वोल्डोमिटर
कोभिड–१९ बाट इटालीमा एकैदिन ९१९ को मृत्यु, अमेरिकामा सङ्क्रमित १ लाख नाघ्यो
कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना सङ्क्रमणबाट इटालीमा एकै दिन ९१९ जना नागरिकको ज्यान गएको बताइएको छ । केही दिनयता यहाँ ज्यान जाने नागरिकको सङ्ख्या बढिरहेको देखिएको छ । यो सँगै इटालीमा ज्यान जानेको सङ्ख्या ९ हजार १३४ पुगेको छ । शनिबार बिहानसम्मको यो अवस्थालाई निकै भयावह मानिएको छ । इटाली विश्वमा नै यो सङ्क्रमणबाट सबैभन्दा धेरै नागरिकले ज्यान गुमाउने देश हो ।
यहाँ ज्यान जानेमा अधिकांश लोम्बार्डी क्षेत्रका नागरिक छन् । सो ठाउँमा इटालीमा सुरुदेखि नै सङ्क्रमण हुनेको संख्या धेरै नै रही आएको देखिएको छ ।
त्यसैगरी इटालीमा सङ्क्रमण हुनेहरु ८६ हजार ४९८ पुगेका छन् । त्यहाँ पनि प्रतिदिन निकै नै ठूलो संख्यामा नागरिकको ज्यान गइरहेको अवस्था देखिएको छ ।
त्यसैगरी हिजोमात्र स्पेनमा ७७७ जनाको ज्यान गएको छ । यो सँगै स्पेनमा ज्यान जाने नागरिकको संख्या ५ हजार १३८ जना पुगेको छ । त्यसैगरी इटालीमा सङ्क्रमण हुनेहरु ६५ हजार ४९८ पुगेका छन् । यहाँ ९ हजार ३९७ उपचारपछि घर फर्किएका छन् । यसरी स्पेन कोरोना सङ्क्रमणबाट बढी ज्यान जाने देशमा इटालीपछिको दोस्रो हो । यता अमेरिका यो सङ्क्रमणको सबैभन्दा धेरै नागरिक सङ्क्रमित हुने देशमा परेको छ । यहाँ अहिलेसम्म १ लाखभन्दा बढी नागरिक सङ्क्रमित भएका छन् ।