विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या २४ हजार ७० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर २ हजार ७ सय ८८ जनाले कोरोनो भाइरसका कारण ज्यान गुमाएका छन् ।
पाँच लाख ३१ हजार ६ सय ९८ जनालाई कोरोना भाइरसको संक्रमण भएकोले एक लाख २३ हजार ९ सय २८ जना उपचारपछि निको भएका छन् । अहिले तीन लाख ८३ हजार सात सय जनाको उपचार भइरहेकोमा त्यमध्येका १९ हजार ३ सय ५७ जनाको अवस्था गम्भीर रहेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै ६० हजार ६ सय ६३ जना नयाँ संक्रमित फेला परेका छन् ।
चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसका सबैभन्दा धेरै संक्रमित अमेरिकामा फेला परेका छन् । अमेरिकामा ८५ हजार २ सय ८० जनामा संक्रमण देखिएकोमा १२ सय ९३ जनाको मृत्यु भएको छ । त्यहाँ बितेको २४ घण्टामा मात्रै २ सय ६६ जनाको मृत्यु भएको छ ।
यस्तै चीनमा ८१ हजार ३ सय ४०संक्रमित रहेकोमा ३ हजार २ सय ९० जनाको मृत्यु भएको छ । चीनमा ५५ जना नयाँ संक्रमित फेला परेका छन् । यस्तै इटालीमा ८० हजार ५ सय ८९ जना संक्रमित रहेकोमा ८ हजार २ सय १५ जनाको मृत्यु भएको छ । त्यहाँ बितेको २४ घण्टामा ७ सय १२ जनाको मृत्यु भएको छ ।
स्पेनमा ५७ हजार ७ सय ८६ संक्रमित फेला परेकोमा चार हजार तीन सय ६५ जनाको मृत्यु भएको छ । त्यहाँ बितेको २४ घण्टामा ७ सय १८ जनाको मृत्यु भएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।