शनिबार, कार्तिक २२ २०८३
ताजा अपडेट

कोरोना संक्रमणः रियाल मड्रिडका पूर्व अध्यक्ष सान्जको मृत्यु


  • सोमबार, चैत्र १० २०७६
16.4K
SHARES

एजेन्सी । कोरोना भाईरसको संक्रमणबाट स्पेनिस फुटबल क्लब रियाल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जो सान्जको मृत्यु भएको छ ।

सन् १९९५ देखि २००० सम्म रियाल मड्रिडका अध्यक्ष रहेका सान्जको गएराति अस्पतालमा मृत्यु भएको उनको छोरा डुरान सान्जले ट्वीटरमार्फत बताएका छन् ।

७६ वर्षिय सान्जलाई कोरोनाभाईरसको संक्रमण भएपछि विगत केहीदिनदेखि अस्पतालमा उपचार गराईरहेका थिए ।

उता, इटालीयन फुटबल हस्ती पावलो माल्दिनीलाई पनि कोरोनाभाईरसको संक्रमण भएको छ ।

यसैगरी फुटबल क्लब युभेन्टसका अर्जेन्टाईनी खेलाडी पाब्लो डिबाला पनि संक्रमणमा परेका छन् ।

उनीहरु दुबै जना क्वारेन्टानइनमा बसेर उपचार गराईरहेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा