शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

दुर्घटनामा प्रशासकीय अधिकृतसहित २ कर्मचारीको मृत्यु


  • सोमबार, चैत्र १० २०७६
13.5K
SHARES

फाइल तस्विर

बुटवल ।  सोमबार दिउँसो दाङमा बसले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार रोल्पाको गंगादेव गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृतसहित २ कर्मचारीको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत दाङको गढवा गाउँपालिका ५ को जुरेनी भन्ने स्थानमा काठमाडौंबाट दाङ आउँदै गरेको बा ६ ख ३९६७ नम्वरको बसले विपरित दिशाबाट जाँदै गरेको रा १ब ८१८ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा रोल्पाको गंगादेव गाउँपालिकाका २ जना कर्मचारीहरुको ज्यान गएको हो ।

मृत्यु हुनेमा गंगादेव गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत अन्दाजी २७ वर्षीय गणेश पुनमगर र त्यसै गाउँपालिकाका कम्युटर अपरेटर २४ वर्षीय रमेश वली रहेका छन् ।  निमित्त प्रशासक पुनमगरको घटना स्थलमै र कम्युटर अपरेटर वलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको दाङका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा