शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

टोखा–बूनपा क्षेत्रमा कोरोना विरुद्ध अभियानमा सांसद दीपक निरौला


  • सोमबार, चैत्र १० २०७६
17K
SHARES

काठमाडौँ ।
काठमाडौँ क्षेत्र नम्वर ५ (ख) बाट प्रत्यक्ष्य निर्वाचित बाग्मती प्रदेशका सांसद दीपक निरौलाले आफ्नो चुनाबी क्षेत्र रहेको टोखा नगरपालिका तथा बूढानीलकण्ठ नगरपालिका (बूनपा) मा आफु कोरोना भाइरस (कोभिड १९) विरुद्ध अभियानमा रहेको बताए छन् ।


आइतबार आफ्नो निवास गोल्फुटारमा संक्षिप्त पत्रकार भेटघाट कार्यक्रम राख्दै उनले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) विरुद्ध जनस्तरबाटै सचेतना फैल्याउन आफु लागि परेको बताए हुन् ।


उनले आफ्नो संक्षिप्त भनाई राख्दै आइतबार मात्रै टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी, उपप्रमुख ज्ञानमाया डंगोल, बुढानिलकण्ठ नगरपालिकाका नगरप्रमुख उद्दव प्रसाद खरेल, उपप्रमुख रमादेवी राई लगायत अन्य केही जनप्रतिनिधिसंग छलफल गरि नगरबासीको सतर्कताका निम्ति के गर्न सकिन्छ ?, दैनिक उपभोग्य वस्तुहरुलाई कसरी सुलभ गराउने भन्नेबारे छलफल गरिएको बताए ।


दैनिक उपभोग्य सामाग्री, इन्धन, खाद्यान्न आदिको कृतिम अभाव हुन नदिन प्रशासन तथा मिडियाको सहयोगमा वडामार्फत अनुगमन गर्ने प्रतिवद्धता व्यक्त गरे । विभिन्न चोकहरुमा पानी ट्याङ्की सहित साबुन पानीले हात धुने व्यवस्था मिलाइनेछ । यस्तै सचेतना मुलक अडियो सार्वजनिक गर्ने, स्यानिटाइजरको अभाव वा विकल्पमा फिटकिरी प्रयोग गरि हात धुने व्यबस्था गरिने, इमर्जेन्सी रेस्पोन्ज टिम बनाउने कार्यमा नगरपालिका तथा आफु लाग्ने सांसद निरौलले बताए ।

 

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा