काठमाडौं । विश्वव्यापी फैलिएको कोरोनाभाइरस (कोभिड १९)को परीक्षण गर्ने प्रयोगशाला र उपकरण नेपालमा नरहेको अफवाहलाई त्रिभुवन विश्वविद्यालयको जैविक प्रविधि केन्द्रीय विभागले खण्डन गरेको छ ।
नेपालमा कोरोनाभाइरसको संक्रमण नरहेपछि परीक्षणप्रति शंका उब्जिरहेका बेला विभागले आफूसँग कोरोनाभाइरसको परीक्षण गर्ने उपकरणदेखि प्रयोगशालासमेत रहेको र परीक्षण गर्न पनि सक्षम रहेको जानकारी दिएको हो ।
सोमबार विज्ञप्ति जारी गरेर विभागले दुईदेखि चार घण्टामै रिपोर्ट दिन र काम गर्न रुचाउने आफ्ना स्नातकोत्तर तहका विद्यार्थीलाई दक्ष तथा अर्धदक्षको रुपमा खटाउन सकिने जानकारी दिएको हो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।