शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

मुख्यमन्त्री शाहीद्वारा अत्यावश्यक बाहेकका भेटघाट बन्द


  • सोमबार, चैत्र १० २०७६
10.1K
SHARES

फाइल तस्बिर

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अत्यावश्यक बाहेकका भेटघाट बन्द गरेका छन् ।

कोरोना संक्रमणको जोखिमबाट बच्न अत्यावश्यक बाहेकका भेटघाट सोमबारदेखि बन्द गरिएको मुख्यमन्त्री शाहीका राजनीतिक सल्लाहकार भीमप्रकाश शर्माले जानकारी दिए ।

मुख्यमन्त्री शाहीले कोरोना भाइरस (कोभिड-१९)ले निम्त्याएको संकटको सामाधानका लागि उच्च सावधानी अपनाउन सर्वसाधारण नागरिकलाई आग्रह गरेको सल्लाहकार शर्माले बताए ।

उनका अनुसार विश्वव्यापी समस्याको रुपमा रहेको कोरोना भाइरसको संकट सामाधान गर्न स्वास्थ्य निर्देशिकाको अनिवार्य रुपमा पालना गर्नु अहिलेको मुख्य दायित्व रहेको भन्दै मुख्यमन्त्री शाहीले सबै नागरिकलाई सचेत र सतर्क रहन आग्रह गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा