काठमाडौं । अन्तराष्ट्रिय सीमा नाकामा यात्रु आवतजावत रोकेको सरकारले अलपत्र परेका नेपालीहरुलाई आउन दिने भएको छ ।
तर, अलपत्र परेका व्यक्तिले नेपाली नागरिक पुष्टि हुने कागजपत्र पेश गर्नुपर्नेछ ।
सरकारले आइतबार विहान १० बजेदेखि चीन र भारत दुबैतर्फ यात्रु आवगमन रोक्ने निर्णय गरेको थियो । तर भारतबाट नेपालीहरु आउने क्रम रोकिएको छैन ।
कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिका संयोजक ईश्वर पोख्रेलकाअनुसार अलपत्र परेका नेपालीहरुलाई स्वास्थ्य जाँच गरेर नेपालतर्फ आउने दिन निर्देशन दिइएको छ । साथै उनीहरुको सबै विवरण लिने र १४ दिन होम क्वारेन्टाइनमा बस्न भनिनेछ ।
क्वारेन्टाइनमा बसेका वेला उनीहरू सम्बन्धित जिल्लका प्रमुख जिल्ला अधिकारीको निगरानीमा हुनेछन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।