शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

कोरोना रोकथाम कोषमा राष्ट्रपतिले दिइन् २ महिनाको तलब


  • सोमबार, चैत्र १० २०७६
9K
SHARES

फाईल तस्बिर

सरकारले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा राष्ट्रपति विद्यादेवी भण्डारीले २ महिनाको तलब दिने घोषणा गरेकी छन् ।

राष्ट्रपति कार्यालयले सोमबार विज्ञप्ति जारी गरी राष्ट्रपति भण्डारीले दुई महिनाको पारिश्रमिक दिने घोषणा गरेको जानकारी दिएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि ५० करोड रुपैयाँ राखेर कोष स्थापना गरेको थियो ।

उक्त कोषमा विभिन्न व्यक्ति र संघसंस्थाले स्वेच्छिक रुपमा रकम जम्मा गरिरहेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा