बलिउड गायिका कनिका कपूर यतिबेला आफ्नो गायनको कारणभन्दा कोरोना भाइरसको रिपोर्ट पोजेटिभ देखिएपछि चर्चामा छिन् ।
भारतीय यी गायिका कोरोना संक्रमित भए पनि पार्टीमा सहभागी भएकी थिइन् । साथै उनले शपिङ पनि गरेकी थिइन् ।
उनले अरूलाई पनि कोरोना सारेको आशंका पनि गरिएको छ ।
कनिकाले भने जाँच रिपोर्टमा शंका भएको बताएकी छिन् । उनले मेडिकल रिपोर्टमा गडबडी भएको हुनसक्ने बताएकी छिन् ।
कनिकाको परिवारको पनि स्याम्पल लिइयो । उनको दोस्रो स्याम्पल पनि जाँचका लागि लिइएको छ ।
कनिकाको परिवारका कुनै सदस्यको रिपोर्ट आएको छैन । रिपोर्ट आएका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।
कनिका ९ मार्चमा लण्डनबाट मुम्बई आएकी थिइन् । उनले ११ मार्चमा लखनउ र १३ मार्चमा कानपुर गएकी थिइन् । यस दौरान उनले ४ सय जनासँग भेट गरेकी थिइन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।