भक्तपुरको सल्लाघारीमा करिब १ दर्जन सवारी साधनहरु एक आपसमा ठोक्किएका छन् । सोमबार दिउँसो करिब ३ बजेतिर अरनीको राजमार्गअन्तर्गत सल्लाघारी चोक नजिक गाडीहरु एक आपसमा ठोक्किएका हुन् ।
प्रत्यक्षदर्शीका अनुसार सिमसिम पानी परिरहेको बेला चिप्लिएर गाडीहरु एक आपसमा ठोक्किएका हुन् । शुरुमा एउटा भ्यानले मोटरसाइकलाई ठक्कर दिएपछि सडकमा मोबिल पोखिएको थियो । सोही मोबिलमा अन्य गाडीहरु पनि चिप्लिएपछि एक आपसमा ठोक्किएका हुन् ।
स्थानीय प्रहरीका अनुसार दुर्घटनामा करिब ८ जनाजति घाइते भएका छन् । घाइतेहरुको उपचारका लागि अस्पताल लगिएको जनाइएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।