कोरोना भाइरसका कारण लकडाउनको अवस्थामा रहेको छिमेकी देश भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीमा सयौं नेपाली अलपत्र परेका छन् ।
कोरोना भाइरसको सन्त्रास सँगै आफ्नो घर फर्कन चाहेपनि लकडाउनमा परेपछि उनिहरू अलपत्र परेको जनाइएको छ ।
भारतभर आइतबारबाट जनता कर्फ्यु र आन्तरिक लकडाउनको घोषणा गरेपछि नेपालीहरू अलपत्र परेको जनाइएको छ । कोरोनाको संक्रमण बढेसँगै दिल्ली राज्य सरकारले समेत लकडाउनलाई निरन्तरता दिए सँगै उनिहरू थप समस्यामा परेका हुन् ।
कोरोना भाइरसका कारण दिल्लीमा हवाइजहाज, रेल, मेट्रो तथा अन्य सबै सार्वजनिक सवारी ठप्प छन् । सोमबारबाट लागू हुनेगरी भारतीय रेल मन्त्रालयले रेल सेवा पनि बन्द गरेको छ । भारतभर करिब २ हप्ता सार्वजनिक यातायात बन्द रहने जनाइएको छ ।
भारत सरकारले लागू गरेको लकडाउनलाई छल्न आफ्नो मातृभूमि फर्किन लागेका नेपालीहरू दोहोरो मारमा परेका छन् । दिल्लीमा लकडाउन कायम छ भने अर्कोतिर नेपाल सरकारले पनि सोमबारदेखि नेपाल भारतका सबै नाका बन्द गर्ने निर्णय गरेको छ ।
नेपाल आउन आफ्ना सर-सामान सहित दिल्ली आइपुगेका उनिहरू पसल, होटेल, रेष्टुरेन्ट समेत बन्द हुँदा खाना र पानी समेत नपाएर सडकमै अलपत्र परेको जनाइएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।