काठमाडौं । प्रहरीले भक्तपुरमा चन्दा असुली गरेको आरोपमा एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-७ हेपाली बस्ने ५० वर्षीय गोपालबहादुर पुर्कोट रहेका छन् ।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को लेटरप्याडमा चन्दा असुली गरिरहेको अवस्थामा मध्यपुर ठिमी नगरपालिका-५ बाट गोपाललाई नियन्णमा लिइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
उनको साथबाट नेमकिपाको केन्द्रीय समिति लेखिएको रसिदहरु, प्रभु बैंकको नगद जम्मा भौचर, नेमकिपाको लेटरप्याडमा अपिल र सहयोग सम्बन्धमा लेखिएको पत्र, विभिन्न संघसंस्था, क्लब र पार्टीको सहयोग रसिद प्याड, आर्थिक सहयोग सम्बन्धमा लेखिएको पत्र, एभरेष्ट आँखा केन्द्रको पर्चा र नेमकिपाको पर्चामा संयोजक कृष्णध्वज केसी लेखिएको पत्र बरामद भएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।