काठमाडौँ ।
बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ११, कपनमा रहेको शारदा एकेडेमीले ‘खेलकुद सप्ताह’ सुरु गरेको छ ।
स्कुलकै प्रांगणमा फागुन ५ गते आइतबार उद्घाटन कार्यक्रम गर्दै ‘खेलकुद सप्ताह’ सुरु गरिएको हो ।
काठमाडौँ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुबराज न्यौपानेको प्रमुख आतिथ्यतामा गरिएको उक्त उद्घाटन कार्यक्रममा काठमाडौँ जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष बद्रि भट्राई ‘दामोदर’, स्कुल व्यबस्थापन टिम, शिक्षक, विद्यार्थी, अभिभावक एवं शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरु उपस्थिति रहेको थियो ।
शारदा एकेडेमीका अध्यक्ष दिनेश काजी थापाले पानसमा दिप प्रज्वलन गरि ‘खेलकुद सप्ताह’ को उद्घाटन गरेका थिए ।
यस्तै शारदामा अध्ययनरत विद्यार्थीहरुले मार्च पासद्धारा सम्पुर्णलाई स्वागत गरेका थिए ।
साताव्यापी रुपमा हुने उक्त खेलकुद सप्ताहमा ३२ खेलहरु हुने बताइएको छ ।
विजयी विद्यार्थी तथा टिमलाई विशेष समारोहका विच ट्रफी, मेडल प्रदान गरिनेछ । सोही कार्यक्रममा केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले शारदा एकेडेमीका फाउण्डर, प्रिन्सिपल झबि राईसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।