शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

पद नमिल्दा राजपा र समाजवादी एकता अन्योलमा


  • बुधबार, चैत्र ५ २०७६
12.2K
SHARES

राष्ट्रिय जनता पार्टी र समाजवादीबीचको एकताले मूर्तरुप लिन सकेको छैन । नेताहरुको व्यवस्थापन नै समस्या भएको बताइएको छ । तर, नेताहरुले एकताका लागि छलफलहरु जारी राखेको दाबी गरेका छन् ।

समाजवादी पार्टी सरकारबाट बाहिरिए लगतै राष्ट्रिय जनता पार्टीलाई सरकारमा ल्याउने प्रधानमन्त्री र उनको पार्टीको पहल थियो । तर, राजपाले आफ्ना माग पुरा नभएसम्म सरकारमा नजाने अडान लियो । उसले समाजवादीसँगको एकतालाई प्राथमिकतामा राख्ने निर्णय समेत ग¥यो । दुई पार्टीका नेताहरु सघन छलफलमा जुटे ।

एकतापछि बन्ने पार्टीको नाम राष्ट्रिय समाजवादी पार्टी वा समाजवादी जनता पार्टी मध्य एउटा राख्ने निर्णय पनि गरियो । चुनवा चिन्ह छाता राख्ने र महाधिवेशन नभएसम्म केन्द्रदेखि स्थानीय तहसम्म दुवै पार्टी कमिटीको समान हैसित हुने सहमती पनि भयो । तर दुई पार्टीका शीर्ष नेताहरुको पद व्यवस्थापन टुंगो नलाग्दा एकता समेत अन्योलमा परेको छ ।

मूलतः दुवै पार्टीका दोस्रो बरियतामा रहेका नेताका लागि व्यवस्थापन कठिन बनेको छ । राजपाका महेन्द्र राय यादव, शरदसिंह भण्डारीले आफूहरुलाई समाजवादीका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ भन्दा माथिल्लो बरियतामा राख्नु पर्ने माग गरेका छन् । राजपाका राजेन्द्र महतो, अनिल कुमार झाले संगठन र संसदीय मोर्चाको नेतृत्वको दावी गरेका छन ।

समाजवादीका अशोक राईले महन्थ ठाकुर, उपेन्द्र यादव र बाबुराम भट्टराईपछिको बरियता आफूहरुले पाउनुपर्ने अडान राखेका छन् । समाजवादीका राजेन्द्र श्रेष्ठले भण्डारी, झा र राजकिशोर यादव भन्दा माथि आफनो वरियता तोकिनु बताइरहेका छन् ।

मधेश आन्दोलनको जगमा उदय भएका यादवले गठन गरेको तत्कालिन संघीय समाजवादी फोरम र माओवादीबाट अलग भै नयाँ शक्ति गठन गरेका बाबुराम भट्टराईको पार्टी एकीकरण भएर समाजवादी पार्टी गठन भयो ।

२०७४ साल बैशाष ७ गते ६ वटा मधेश केन्द्रीत दल मिलेर राष्ट्रिय जनता पार्टी बन्यो । तर, पदकै कारण अहिलेसम्म दुबै दल एकीकृत हुन सकेका छैन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा