कोरोना भाइरसको संक्रमणबाट इरानका एकजना ठूला धार्मिक नेताले ज्यान गुमाएका छन् । इरानको शीर्ष धार्मिक संगठनका सदस्य आयातुल्ला हाशिम बाथेइको सोमवार ज्यान गरेको हो । ७८ वर्षका आयातुल्ला मजिलास-ए-खबरगान-ए-रहबरीुका सदस्य थिए ।
उक्त धार्मिक संगठनले देशको सबै महत्त्वपूर्ण नीतिमाथि अन्तिम फैसला लिने गर्छ । कोरोना भाइरसबाट इरानमा अहिलेसम्म १४ हजार संक्रमित भएका छन् । एकैदिनमा १ सय २९ को ज्यान लिएको कोरोनाबाट इरानमा मर्नेको संख्या ८ सय ५० नाघिसकेको छ । कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न इरान सरकारले देशको चार महत्त्वपूर्ण सिया धार्मिक स्थल बन्द गर्ने निर्णय लिएको छ ।
सरकारी टिभीका अनुसार कोरोना भाइरस निरोधी मुख्यालय र स्वास्थ्यमन्त्रीको आधेश अनुसार मसहदस्थित इमाम रजा, कौमस्थित फातिमा मासुमा र तेहरानस्थित शाह अब्दुल अजीमलाई अर्को आदेश नआउनेबेलासम्म बन्द गर्ने निर्णय गरिएको हो । एजेन्सी
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।