यूएईस्थित नेपाली दूतावासले अत्यावश्यक बाहेकका सेवा अनिश्चितकालका लागि बन्द गरेको छ। अर्को सूचना जारी नहुदासम्म आजबाट लागू हुने गरी दूतावासले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको जनाएको हो।
कोभिड–१९ अर्थात कोरोना भाइरस विश्वव्यापी महामारीको रुपमा फैलिएसँगै दूतावासले कामदार मागपत्र प्रमाणीकरण सम्बन्धी सम्पूर्ण सेवा बन्द गरेको जनाएको छ ।
ट्राभल डकुमेन्ट, मृतक नेपालीको शव नेपाल पठाउन एनओसी जारी गर्ने, म्याद सकिएको राहदानी बनाउने जस्ता आवश्यक सेवा भने सञ्चालन हुने दूतावासद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।
नेपाल सरकारले गत फागुन २९ मा विदेश जाने नेपालीको हकमा श्रम स्वीकृति बन्द गर्ने निर्णय गरेसँगै विदेशमा रहेका नेपाली दूतावास तथा नियोगहरुले समेत श्रम र काउन्सुलर सम्बन्धिका सेवा बन्द गरेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।