शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

दुबई पठाइदिन्छु भन्दै १० लाख ठगी गर्ने व्यक्ति पक्राउ


  • मंगलबार, चैत्र ४ २०७६
8.8K
SHARES

फाइल तस्विर

आकर्षक तलब पाउने गरी वैदेशिक रोजगारीका लागि संयुक्त अरब ईमिरेट्स (यूएई)को दुबई पठाइदिन्छु भन्दै साढे १० लाख रुपैयाँ ठगी गर्ने १ जना व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाग्लुङको ढोरपाटन नगरपालिका–४ खुङ्गा घर भएका ३८ वर्षी शिव कुमार घर्ती मगर छन् ।

उनले दुबईमा आकर्षक तलब पाउने गरी वर्किङ भिसामा पठाइदिने भन्दै विभिन्न ९ जनाबाट १० लाख ५३ हजार रुपैयाँ उठाएका थिए ।

लामो समयसम्म पनि भिसा नलागेपछि रकम बुझाएका युवाहरुले आफूहरु ठगिएको भन्दै महानगरीय अपराध महाशाखामा उजुरी दिएका थिए ।

पीडित युवाहरुको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले मगरलाई काठमाडौंको गोंगबु चोकबाट पक्राउ गरेको हो ।

पक्राउ परेका मगरमाथि थप अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको अपराध महाशाखाले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा