शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

पोर्चुगलमा एक नेपालीमा कोरोना भाइरस संक्रमणको पुष्टि, ७४ नेपालीलाई क्वारेन्टाइनमा राखियो


  • सोमबार, चैत्र ३ २०७६
12.5K
SHARES

३ चैत । पोर्चुगलमा कार्यरत एक नेपाली नागरिकलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि उनीसंगै काम गर्ने ७४ जना नेपालीलाई क्वारेन्टाइनमा राखेर परीक्षण सुरु गरिएको छ ।

पोर्चुगलको अल्र्गाभ फारो भन्ने स्थानमा रहेको एक कृषि फार्ममा कार्यरत ती नेपालीलाई भाइरस संक्रमणको पुष्टि भएपछि उनीसंगै फार्ममा कार्यरत अन्य ७४ नेपालीलाई पनि क्वारेन्टाइनमा राखिएको हो । ‘सेन्ट्रो डि साऊदे’ नामक अस्पतालले गरेको क्वारेन्टाइनको व्यवस्थापनमा सबै नेपालीलाई कडा निगरानीमा राखिएको बताइएको छ ।

पोर्चुगल बिदेशी नागरिक हेर्ने निकाय ‘स्ट्नजेरो फ्रन्टियर्स’ ले पनि कृषि फार्ममा कार्यरत एक नेपालीमा संक्रमणको पुष्टि भएपछि ७४ नेपालीलाई क्वारेन्टाइनमा राखिएको पुष्टि गरेको छ ।
फारो नगरपालिकाका प्रमुख रोगिरियो बाकलहाउले पनि यो घटनाको पुष्टि गर्दै फारोमा रहेका विदेशीहरु माथि कडा निगरानी सुरु गरिएको बताएका छन् ।

पोर्चुगलमा हाल वैध अवैधरुपमा काम गर्ने नेपालीको संख्या ३० हजारको हाराहारीमा रहेको जनाइएको छ । पोर्चुगलमा पछिल्लो समयमा ३ सय ३१ जना कोरोना भाइरस कोभिड –१९ को भाइरसबाट संक्रमित भएका छन् भने यहाँ उच्च सतर्कता अपनाइएको छ । सडकमा मानिसको चहलपहल घटेको छ । पोर्चुगलवासीहरु दैनिक आवश्यक वस्तुको अभावमा पीडित समेत बनेका छन् ।

उता ८ हजारको हाराहारीमा नेपाली रहेको बेल्जियममा पनि कोरोना भाइरसको प्रभाव तीब्र बन्दै गएको छ । बेल्जियममा कोरोना भाइरस संक्रमितको संख्या १ हजार ८५ पुगेको छ भने ५ जनाको मृत्यु भइसकेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा