३ चैत, काठमाडौं ।
प्रहरीले विदेशी मुद्रा विनिमयको मुद्दामा फरार एक जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-३ बस्ने ३७ वर्षीया साङ्डोमा शेर्पा रहेकी छन् ।
काठमाडौंको स्वयम्भुबाट शेर्पालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्ज काठमाडौंले पक्राउ गरेको हो।
२०७१ साल साउन २० गते सिन्धुपाल्चोक जिल्ला अदालतले उनलाई ६८ लाख ६२ हजार ४ सय १३ रुपैयाँ ६० पैसा जरिवाना तोकेको थियो ।
शेर्पालाई कैद भुक्तानका लागि केन्द्रीय कारागार काठमाडौंमा पठाइएको प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले जानकारी दिए।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।