शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

भण्डारी हत्याको भित्री रहस्य खुल्यो


  • सोमबार, चैत्र ३ २०७६
10.7K
SHARES

गत फागुन १५ गते कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा घरभित्रै मृत भेटिएका जयलाल भण्डारी र उनकी श्रीमती धना भण्डारीका छोरा पक्राउ परेका छन् । नगरपालिकाको कलुवापुरमा भएको भण्डारी दम्पती हत्या प्रकरणमा १७ दिनपछि आफ्नै छोरा पक्राउ परेका हुन् । गत जयलालले जेठी श्रीमतीको मृत्युपछि धनासँग दोस्रो विवाह गरेका थिए ।

अनुसन्धानमा क्रममा जेठी श्रीमतीका छोरा २६ वर्षीय भरत भण्डारीको संग्लनता देखिएको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी मुकुन्द मरासिनीले जानकारी दिएका छन् । उनका अनुसार भरत डडेल्धुराको जोेगेनामा बस्दै आएका थिए ।

उनी ३ वर्ष वैदेशिक रोजगारीमा बसेर नेपाल फर्किएका थिए । एसपी मरासिनी भन्छन्, ‘घटनास्थलबाट हामीले मोबाइलको हेडफोन बरामद गरेका थियौं । अनुसन्धान गर्दै जाँदा भरतले प्रयोग गर्ने मोबाइल र बरामद भएको हेडफोन एउटै कम्पनीको देखियो । उनी शुरुदेखि नै हाम्रो निगरानीमा थिए । पक्राउपछि उनले हत्या आफूले गरेको साविती बयान दिएका छन् । हत्या पारिवारिक कारणले भएको देखिन्छ ।’

हत्यापछि उनी भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी दाबी छ । जयललालले जेठी श्रीमतीको स्तन क्यान्सरबाट मृत्यु भएपछि दुई वर्षअघि धनासँग विवाह गरेका थिए । बाबु–आमाको हत्यापछि सात महिनाकी छोरी पनि घटनास्थलमा बेहोस अवस्थामा फेला परेकी थिइन् । बेहोस अवस्थामा भेटिएकी छोरीको धनगढीको माया मेट्रो अस्पतालमा उपचार जारी छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा