शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

काङ्ग्रेसभित्र कोइराला परिवारलाई देउवाको प्रतिबन्ध


  • सोमबार, चैत्र ३ २०७६
11.6K
SHARES

Prime MInister Sher Bahadur Deuba (centre), Nepali Congress General Secretary Shashanka Koirala (right) and leader Shekhar Koirala at at the Biratnagar airport, on Tuesday, September 12, 2017. Photo: RSS

आफूलाई सबैभन्दा बढी लोकतान्त्रिक बताउने नेपाली काङ्ग्रेस भित्र सभापति शेरबहादुर देउवाको हैकमबाद देखिन थालेको छ । देउवाका पछिल्ला कदमहरू नेपाली काङ्ग्रेससँग आस्था राख्नेहरूको लागि समेत लज्जाको बिषय बनेको छ । कार्यकाल सकिने समयसम्म पनि पार्टीका विभागहरूमा नियुक्ति गर्न नसकेका देउवाको पुरै कार्यकाल सबैभन्दा आलोचित र असक्षम बनेर बितेको छ ।

कार्यकाल सकिनै लाग्दा विभाग थप्ने देखि कार्यकाल थप्ने प्रक्रियामा समेत आफू भन्दा फरक गुटलाई प्रतिपक्षी दल जस्तै ब्यबहार गरेका देउवाले अहिले भने कोइराला परिवारको राजनीतिमा प्रतिबन्ध नै लगाउने चेस्टा गरेका छन्। महाधिवेशनको मिति तय भएपछि नै सभापति देउवा र कोइराला परिवारका केन्द्रीय नेताहरुबीच दूरी बढेको थियो । तर, देउवाका पछिल्ला कदमले कोइराला परिवारको काङ्ग्रेस राजनीतिमै हस्तक्षेप गरेको देखिएको छ ।

देउवाले महामन्त्री शशाङ्‍क कोइरालानिकट नवलपरासी पश्चिमका सभापतिलाई बर्खास्त गरेको एक साता नबित्दै अर्का केन्द्रीय सदस्य शेखर कोइराला उपस्थित हुन गइरहेको पार्टी प्रशिक्षण कार्यक्रममा रोक लगाएको हो। कार्यक्रम मै रोक लगाउनुलाई कतिपयले देउवाको प्रतिगामी कदम समेत भनेका छन् भने कतिपयले कोइराला परिवारलाई देउवाले पार्टीमा प्रतिबन्ध गर्न खोजिएको आरोप लगाएका छन् ।

शुक्रबार गोरखामा केन्द्रीय सदस्य कोइरालाको उपस्थितिमा हुन गइरहेको कार्यक्रम रोक्न सभापति देउवाले ठाडो निर्देशन दिएपछि देउवा-कोइराला परिवार पार्टीमा युद्धको स्थिति देखिएको छ । बिहिबार मात्रै नवलपरासी पश्चिमका कार्यबहाक सभापति अर्जुन पोखरेललाई बर्खास्त गरेकोमा महामन्त्री शशाङ्‍क कोइरालाले सभापति देउवासँग रुष्ट बनेका छन् ।

महाधिवेशनको मिति तय भइसकेपछि विभाग गठन गरेको भन्दै आन्तरिक कलहमा फसेको बेला सभापति देउवाले नवलपरासी पश्चिमका कार्यबहाक सभापति पोखरेललाई हटाएर बिष्णु पौडेलाई नियुक्त गरेका थिए। शशाङ्‍कको कोइरालाको गृह जिल्ला नवलपरासी पश्चिमको जिल्ला सभापतिसमेत रहेका पोखरेललाई पार्टी विधानको धारा ५० को ८ विपरित हटाएको महामन्त्री कोइरालाको आरोप छ।

उक्त दफाअनुसार महाधिवेसनको मिति तय भएपछि निर्वाचन प्रक्रिया प्रभावित हुने भन्दै सभापति बर्खास्त गर्नेदेखि मनोनित गर्न नपाइने भन्दै कोइरालाले आपत्ति जनाएका छन्। तत्कालीन अवस्थामा नवलपरासी पश्चिममा महाधिवेशन प्रतिनिधि नभए पनि पोखरेललाई कार्यबहाक सभापतिको जिम्मा दिएर जिल्ला समिति गठन गरिएको थियो। तर, देउवा पक्षका नेताहरूले कोरोना संक्रमण र अन्य कारण देखाएर कार्यक्रम रोकिएको दाबी गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा