शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपाल कोरोना भाइरस (कोभिड–१९)को उच्च जोखिममा रहेको खुलासा गरेका छन् ।
हालसम्म एक जनामा पनि संक्रमण नदेखिनु सुखद रहे पनि नेपाल कोरोनाको उच्च जोखिममा रहेको मन्त्री पोखरेलको भनाइ छ । मन्त्री पोखरेलले सरकारले कोरोना संक्रमण फैलिन नदिन सबै प्रकारका सतर्कता अपनाइसकेको जानकारी दिए । कोरोना संक्रमण रोक्नकै लागि सरकारले हवाई तथा सडक दुवै मार्गबाट विदेशी नागरिकको प्रवेशमा रोक लगाइएको उल्लेख गरे ।
‘अहिलेसम्म एक जनामा पनि कोरोना नदेखिनु राम्रो हो’, महोत्तरीको मटिहानीस्थित याज्ञवल्कय लक्ष्मीनारायण विद्यापिठको नवनिर्मित शिक्षण भवन उदघाटन गर्न आएका पोखरेलले भने, ‘तर, हामी कोरोनाको उच्च जोखिममा छौं ।’ भारतमा कोरोना संक्रमण फैलिनु नेपालका लागि खतरनाक संकेत भएको उहाँको भनाइ थियो ।
सरकारले सभा, सम्मेलन र जमघट हुने कार्यक्रम नगर्ने निर्णय गरेको भन्दै पोखरेल कार्यक्रममा भने सहभागी भएनन् । कोरोना संक्रमणको खतरालाई मध्यनजर गर्दै कार्यक्रम स्थगन गरिएको आयोजकले बताएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।