काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्ना ९० वर्षीय बुबा मोहनप्रसाद ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा स्वागत गरेका छन् ।
मिर्गौला प्रत्यारोपण गरिएको दशौं दिनको दिन अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री ओली शुक्रबार बेलुका प्रधानमन्त्री निवास गएका हुन् ।
अस्पताल जाने क्रममा पनि प्रधानमन्त्री ओलीलाई बुबाले आशीर्वाद दिँदै बिदा गरेका थिए ।
२०६४ सालमा भारतमा प्रधानमन्त्री ओलीको पहिलोपल्ट मिर्गौला प्रत्यारोपण गरेका ओलीको दोस्रो मिर्गौला प्रत्यारोपण १० दिन अघि गरिएको थियो ।
अस्पतालबाट डिस्चार्ज भएलगत्तै प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपणमा सहयोग गर्नेहरुप्रति आभार व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल टिवटरमा उनले भनेका छन्–बाह्रदिन लामो अस्पताल बसाइपछि मिर्गौला प्रत्यारोपण गरेर म आज आफ्नो निवासमा फर्केको छु । मेरो मिर्गौलाको सफल प्रत्यारोपण गर्ने चिकित्सकहरुप्रति विशेष आभारी छु ।”
तस्बिरः प्रमका प्रेस सल्लाहकार सूर्य थापाको फेसबुकबाट
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।