इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० क्रिकेट दुई सात पछि सरेको छ । विश्वरभर फैलिएको कोरोना भाइरसको कारण आईपीएल तोकिएकै समयमा गर्ने वा पछि सार्ने भन्नेबारे बहस चलिरहेका बेला १६ दिन पछि सरेको हो ।
यसअघि आईपीएल मार्च २९ बाट शुरु हुने तय थियो । तर अब उद्घाटन खेल अप्रिल १५ मा हुनेछ ।
भारतीय सरकारको सुझावअनुसार बीसीसीआई अध्यक्ष सौरभ गांगुली र सचिव जय शाहले आईपीएको उच्च व्यवस्थापनसंग छलफल गरेपछि लिग सार्ने निर्णय गरेको ईएसपीएन क्रिकइन्फोले जनाएको छ ।
यसअघि भारत सरकारले अप्रिल १५ सम्म विदेशीहरुलाई भारत प्रवेशमा रोक लगाएको थियो । जसमा आईपीएल खेल्ने विदेशी खेलाडीसमेत पर्नेछन् ।
आईपीएल सरेपछि भने अब विदेशी खेलाडीले पनि आईपीएल खेल्ने सम्भावना बढेको छ । १३ औं संस्करणको आईपीएलमा ८ टिमले प्रतिस्पर्धा गर्दैछन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।