काठमाडौं ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा भएको भनिएको अनियमिताबारे अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने भएको छ । शुक्रबार बसेको संघीय संसद अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकले उक्त अनियमितताबारे छानबिन गर्न निर्देशन दिएकाले अब अख्तियारले छानबिन गर्ने भएको हो ।
सेक्युरिटी प्रेस खरिद प्रक्रियामा स्वीस कम्पनीका एजेन्टसँग ७० करोड कमिसनको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि गोकुल बाँस्कोटाले यही फागुन ८ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री पदबाट राजीनामा दिएका थिए । प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसदहरुले उपसमिति बनाउन माग गरे पनि सत्तारुढ नेकपाका सांसद सहमत नभएपछि बैठकले अख्तियारलाई छानबिन गर्न निर्देशन दिएको हो ।
सभापति भरत साहले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा भएको भनिएको अनियमिताबारे छानविन गर्न अख्तियारलाई लेखिपठाउने निर्णय गरेका हुन् । साथै बैठकले जीटुजी खरिद प्रक्रियाबारे मुख्यसचिव र सम्बद्ध मन्त्रीहरुसँग छलफल गर्ने भएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।