शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

सूर्यबहादुरका छोरा सुनिलले गरे राप्रपा एकीकरण बहिष्कार


  • बुधबार, फाल्गुन २८ २०७६
11.8K
SHARES

फाईल तस्बिर

 

राप्रपा संयुक्तका नेता सुनिलबहादुर थापा राप्रपा एकीकरण घोषणा सभामा अनुपस्थित भएका छन्।

कमल थापा नेतृत्वको राप्रपासँग बुधबार पार्टी एकतामा अध्यक्ष पशुपतिशम्शेर राणा गए पनि थापाले भने उक्त घोषणा सभा बहिष्कार गरे।

गत शनिबार थापा र राणाबीच १० बुँदे सहमति गर्दै पार्टीमा तीन अध्यक्ष रहने गरी एकीकरण गर्ने सैद्धान्तिक सहमति भएको थियो।

राप्रपाका प्रचार विभाग प्रुमख मोहन श्रेष्ठले एकता सभा भव्य भएको बताए।

एकता सभामा थापा किन सहभागी नभएको भन्ने प्रश्नमा श्रेष्ठले सेतोपाटीसँग भने, ‘उहाँ (सुनिलबहादुर थापा) लाई मैले आज देखिनँ। तर उहाँका साथीहरू भने उपस्थित हुनुहुन्थ्यो।’

थापाले आफू गणतन्त्र पक्षधर बताउने गरेका छन्।

राजासहितको प्रजातन्त्र मानेर पार्टी एकीकरण भएपछि थापाले बहिष्कार गरेका हुन्।

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा