शनिबार, कार्तिक २२ २०८३
ताजा अपडेट

नेसनल युनाइटेडमा अभिभावक दिवस तथा शैक्षिक प्रदर्शनी कार्यक्रम (भिडियो)


  • बुधबार, फाल्गुन २८ २०७६
31.3K
SHARES

 

काठमाडौँ ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ८, गणेशचोकमा रहेको नेसनल युनाइटेड स्कुलको अभिभावक दिवस, शैक्षिक प्रदर्शनी तथा विविध सांस्कृतिक कार्यक्रमक सम्पन्न भएको छ । 
फागुन १७ गते शनिबार विद्यालय प्राङ्गणमा भब्य कार्यक्रमको आयोजना कार्यक्रमको आयोजना गर्दै अभिभावक दिवस, शैक्षिक प्रदर्शनी तथा विविध सांस्कृतिक कार्यक्रमक सम्पन्न भएको छ ।


कार्यक्रमका प्रमुख अतिथी बृ्ढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख श्री उद्धव प्रसाद खरेल, कार्यक्रमका सभापती एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सह–प्राध्यापक रेवती प्रसाद दाहाल तथा स्कुलका संस्थापक जे.बी. हमालले कार्यक्रमको संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।


स्थानीय समाजसेवी तथा अभिभावकसहित १००० जना भन्दा बढीको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा नर्सरीदेखि कक्षा दशसम्मका विद्यार्थीहरूले तयार पारेका शैक्षिक तथा विज्ञानका सामाग्रीहरूको प्रदर्शनी गरिएको थियो भने सांस्कृतिक कार्यक्रम तर्फ नृत्य, गायन, नाटक, गीति नाटकका साथै वक्तृत्वको माध्यमबाट विद्यार्थीहरूले आफ्नो कलालाई उत्कृष्ट ढङ्गबाट प्रस्तुत गरेका थिए । कार्यक्रममा शैक्षिक सत्र २०७६ मा विभिन्न विधामा उत्कृष्ट हुन सफल शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूलाई प्रमुख अतिथी, कार्यक्रमका सभापति लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।


यस्तै उक्त कार्यक्रममा २०७५ सालको वार्षिक परीक्षामा प्रत्येक कक्षामा उत्कृष्ट तीन स्थान हासिल गर्न सफल विद्यार्थीहरू, वार्षिक अतिरिक्त क्रियाकलाप तथा खेलकुद कार्यक्रम—२०७६ मा उत्कृष्ट खेलाडी हुन सफल एकजना छात्र तथा एकजना छात्रा ठसाथै प्रथम, द्वितीय र तृतीय हुन सफल हाउसहरूलाई समेत पुरस्कृत गरिएको थियो ।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी खरेलले विद्यालयलाई उत्कृष्ट बनाउनको लागि अभिभावकहरूको भृ्मिकामाथि चर्चा गर्दै विद्यालय र समुदायको सहकार्यबाट समय सापेक्ष जनशक्ति निर्माण गरी समग्र विकासमा टेवा पु¥याउन सकिने कुरा बताउनु भयो भने नगरपालिकाभित्र सरसफाइको लागि उपस्थित सम्पृ्र्णमा अपिल समेत गर्नुभयो । त्यसैगरि संस्थापक हमालले प्रविधिमैत्री शिक्षण विधिद्वारा सिकाइलाई अझै बढी प्रभावकारी बनाउन प्रतिबद्ध रहेको र आगामी दिनमा अझै बढावा दिदैँ जाने कुरा बताउनु भयो ।


कार्यक्रममा अभिभावक तथा अन्य अतिथी वक्ताहरुले शैक्षिक तथा अतिरिक्त क्रियाकलापको माध्यमबाट दक्ष—जनशक्ति निर्माण गरी सुन्दर समाज निर्माणमा नेसनल युनाइटेड स्कुलले पु¥याएको योगदानको प्रशंसा गर्दै निरन्तरताको लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।


सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले नेसनल युनाइटेड स्कूलकी प्रिन्सिपल शायरा हमालसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा