१८ फागुन, काठमाडौँ ।
बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १०, कपनमा रहेको पायोनियर पब्लिक स्कुलले ‘खेलकुद सप्ताह’ सुरु गरेको छ ।
फागुन १४ गते मंगलबार कपन हेण्डबल ग्राउण्डमा उद्घाटन कार्यक्रम गर्दै ‘खेलकुद सप्ताह’ सुरु गरेको हो ।
काठमाडौँ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुबराज न्यौपानेको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा प्राक्सिस इन्टरनेशन एकेडेमीका प्रिन्सिपल एवं नेसनल प्याब्सन काठमाडौँका सञ्चार विभाग प्रमुख गेन्द्र लामा, प्याब्सन बुढानिलकण्ठ नगरपालिकाका सदस्य एवं ज्ञान चक्षु इंग्लिस हाई स्कुलका प्रिन्सिपल प्रदिप खनाल, विद्यालय व्यबस्थापन टिम, विद्यार्थी एवं खेल तथा शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले मार्च पासद्धारा सम्पुर्णलाई स्वागत गरेका थिए ।
साताव्यापी रुपमा चल्ने उक्त खेलकुद सप्ताहलाई कार्यक्रमका प्रमुख अतिथि एवं अतिथिहरुले पानसमा दिप प्रज्वलन गरि खेलकुद सप्ताहको उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं काठमाडौँ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष न्यौपानेले खेलमा सहभागि हुने विद्यार्थीहरुलाई शुभकामना दिँदै खेलकुदको माध्ययमबाट शारीरिक बृद्धि, विकास मात्र नभई आर्थिक रुपमा पनि आत्म निर्भर हुन सक्ने बताएका थिए ।
कार्यक्रमका सभापति एवं पायोनियरका फाउण्डर, प्रिन्सिपल राजन श्रेष्ठले उपस्थित सम्पुर्णलाई धन्यवाद दिँदै खेलकुद सप्ताह पुर्ण रुपमा सफल हुने अपेक्षा व्यक्त गरेका थिए ।
विजयी विद्यार्थीहरुलाई ट्रफी, मेडल प्रदान गरिनेछ ।
सोही कार्यक्रममा केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले पायोनियर पब्लिक स्कुलका फाउण्डर, प्रिन्सिपल राजन श्रेष्ठसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः
पायोनियरको ‘खेलकुद सप्ताह’ उद्घाटन कार्यक्रम हेर्नुहोस थप तस्विरमाः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।