शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

दुई राप्रपाबीचको एकता पुनः अवरुद्ध


  • शनिबार, फाल्गुन २४ २०७६
12.4K
SHARES

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीचको एकता फेरि भाँडिएको छ । शनिबार दुई पार्टीबीच एकतापत्रमा समझदारी हुने तयारी भएपनि विधानमा कुरा नमिलेपछि फेरि एकता भाँडिएको हो ।

शनिबार राप्रपा संयुक्तको कार्यसम्पादन समितिको बैठकमा सो पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नयाँ विधान बनाएर एकता हुने अडान लिएपछि एकता प्रक्रिया भाँडिन पुगेको हो ।

शुक्रबार राप्रपा अध्यक्ष कमल थापा र राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपति शमशेर राणा र डा. लोहनीबीच पार्टी एकता गर्ने सहमति जुटेको थियो । त्यसबारे राप्रपा संयुक्तले पार्टी कार्यसम्पादन समितिको बैठकबाट अनुमोदन गराएर एकतासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्ने तयारी थियो ।

तर पार्टीको विधानमा कुरा नमिलेपछि एकता प्रक्रिया भाँडिएको हो । हिन्दू राष्ट्र र राजतन्त्र सहितको हालको विधान विधान कायम हुने कि नहुने भन्नेमा विवाद छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा