शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

कोरोना भाइरसको डरले देशभरका स्कूल छिट्टै बन्द गर्ने तयारीमा सरकार


  • शनिबार, फाल्गुन २४ २०७६
16.4K
SHARES

काठमाडौँ ।

विश्वव्यापी महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरसको संक्रमणको डरले सरकारले देशभरका विद्यालयलाई छिट्टै बन्द गर्ने तयारी अगाडि बढाएको छ ।

विद्यालयबाट एक विद्यार्थीबाट अर्काे हुँदै देशभर फैलिन सक्ने खतराबाट सावधानी अपनाउन सरकारले वार्षिक परीक्षा छिट्टै सकेर बिदा दिन देशभरका विद्यालयलाई निर्देशन दिएको छ ।

शिक्षा मन्त्रालयले देशभरका विद्यालयलाई सूचना जारी गर्दै आगामी ५ गतेभित्र १ देखि ९ कक्षासम्मका सबै परीक्षा सक्न निर्देशन दिएको छ । चाँडै परीक्षा सकेर सरकारले केही हप्ता विद्यालयको पठनपाठन पूर्ण रुपमा बन्द राख्न खोजेको छ ।

९ कक्षासम्मको परीक्षा सकिएपछि एसईई परीक्षा सञ्चालन हुनेछ । केही जिल्लामा एसईईपछि ९ कक्षासम्मको परीक्षा सञ्चालन भइरहेका बेला सरकारले छिट्टै विद्यालय बन्द गराउन एसईईअघि नै परीक्षा सक्न निर्देशन दिएको छ ।

शिक्षा मन्त्रालयले कोरोनाको सावधानीका लागि विद्यालयमा सभा, समारोह र वार्षिक उत्सव जस्ता सर्वसाधारण भेला हुने कार्यक्रम नगर्न समेत निर्देशन दिएको छ ।

मन्त्रालयले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), नेसनल प्याब्सन लगायत संस्थाका प्रतिनिधि तथा सरोकारवाला पक्षसँग छलफल गरेपछि सामूहिक भेला, सेमिनार, गोष्ठीलगायत कार्यक्रम नगर्न निर्देशन दिएको छ ।

कोरोना भाइरस संक्रमणको सन्त्रास बढ्दै गएका बेला सरकारले आयोजना गर्न लागेका कार्यक्रम समेत रोकेको छ । सरकारले सीमा नाका, विमानस्थल लगायतका क्षेत्रमा सामान्य स्वास्य जाँच गर्दै कोरोनाको लक्षण देखिएका व्यक्तिलाई निगरानी राख्दै थप जाँचको व्यवस्था समेत मिलाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा