शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

मास्कमा कालोबजारी गर्ने मेडिकललाई २ लाख जरिवाना


  • शनिबार, फाल्गुन २४ २०७६
10.7K
SHARES

फाइल तस्विर

२४ फागुन, काठमाडौं ।

सरकारले मास्कमा कालोबजारी गर्ने दुई मेडिकल हललाई दुई-दुई लाख रुपैयाँ जरिवाना तिराएको छ ।

वीर अस्पतालसँगैको आयुस फार्मेसी र क्षेत्रपाटीको आईज्याक हस्पिटेक सपोर्टलाई २/२ लाख जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ ।
यसैगरी क्षेत्रपाटीकै एसजे सर्जिकललाई खरिद विल देखाउन नसकेपछि २० हजार जरिवाना गरिएको छ । त्यस्तै महाबौद्धको आरएफ फार्मेसीलाई पनि १० हजार जरिवाना तिराइएको छ ।

सरकारले गत मंगलबारबाट मेडिकलहरुमा मास्कको अवस्थाबारे अनुमगन थालेको छ । बजारमा कोरोना भाइरसको त्रास बढेपछि मास्क लुकाएर मंहगोमा बेच्नेहरु विरुद्ध विभागले छड्के अनुगमन गरिरहेको छ ।

अहिले बजारमा सामान्यतया ५ रुपैयाँमा पाइने मास्क ५० रुपैयाँसम्ममा विक्री भइरहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा