९ फाल्गुन, ललितपुर ।
समावेशी शिक्षालाई जोड दिँदै आएको ललितपुर, सातदोवाटोमा रहेको ग्राण्ड एकेडेमी र ललितपुर महानगरपालिका वडा नम्वर १५ को संयुक्त आयोजनामा जिल्लाव्यापी हाजिरी जवाफ प्रतियोगिता फाल्गुन ७ गते सम्पन्न भएको छ ।
नेपाल–अष्ट्रेलियाको मित्रताको ६०औँ दिवसको अवसरमा आयोजित उक्त प्रतियोगिता ललितपुर, खुमनटारमा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषको हलमा सम्पन्न भएको हो ।
नेपालका लागि अष्ट्रेलियन राजदुत पिटर बडको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली पूर्व राजदुत लक्की शेर्पा, फेकाका अध्यक्ष नवराज भट्ट, खड्गी समाजका पदाधिकारी, विभिन्न स्कूलका प्रिन्सिपल, विद्यार्थी लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको सहभाागिता रहेको थियो ।
बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म चलेको उक्त कार्यक्रममा ग्राण्डमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न गीतमा नृत्य, गायन प्रस्तुत गरेका थिए ।
उक्त अवसरमा एसजिसिपी धापाखेलका विशेष क्षमता भएका बालबालीकाहरुले पनि विशेष प्रस्तुती दिएका थिए ।
कार्यक्रममा निजी तथा सामुदायिक विद्यालयबाट ग्राण्ड एकेडेमी सहित ३ विद्यालयले स्काउट प्रदर्शनी गरेका थिए भने ग्राण्ड एकेडेमीका अभिभावकहरुले पनि उक्त कार्यक्रमको अवसरमा विशेष नृत्य प्रस्तुत गरेका थिए ।
जिल्लाब्यापी हाजिरी जवाफ प्रतियोगिताका लागि ६ जिल्लाबाट ७२ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । संस्थागत, सार्वजनिक, सामुदायिक विद्यालयहरुको सहभागितामा विगत १ महिनादेखि विभिन्न छनोट चरणको प्रतियोगिता गर्दै आइएको थियो । जसबाट फाइनलमा ६ टिम पुग्न सफल भएको थियो ।
बुधबार भएको ६ टिम विचको ग्राण्ड फिनालीबाट गोठाटार इंग्लिस स्कुलल प्रथम भएको छ । ग्राण्ड एकेडेमी दोश्रो र नाइटिङ्गेल सेकेण्डरी स्कूल तेश्रो भएको छ ।
बुधबार नै विजयी टिमलाई ट्फी, आकर्षक उपहार सहित पुरस्कृत गरिएको थियो ।
विद्यार्थीहरुमा रहेको अन्तरनिहित क्षमताको विकास तथा नेपाल–अष्ट्रेलिया सम्बन्धलाई विद्यालय तहबाट विद्यार्थीहरुलाई जानकारी एवं द्धिपक्ष सम्बन्धको विकासका निम्ती जिल्लाव्यापी हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको ग्राण्ड एकेडेमीकी संस्थापक प्रिन्सिपल सीमा राईले बताईन ।
सोही प्रतियोगितामा केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले ग्राण्ड एकेडेमीकी संस्थापक प्रिन्सिपल सीमा राई, स्कूलका डाइरेक्टर ज्योती ढुंगाना, नेपालका लागि अष्ट्रेलियन राजदुत पिटर बड, अष्ट्रेलियका लागि नेपाली पूर्व राजदुत लक्की शेर्पा, ललितपुर महानगरपालिका वडा नम्वर १५ का वडाअध्यक्ष सुदर्शन मिश्र लगायतसंग कुराकानी गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः
थप तस्विरः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।